×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो, ईपीएसमा सुधार (थप विवरणसहित)

PRIME CA
GLOBAL IME BANK

कामना सेवा विकास बैंकको नाफा ३२ प्रतिशतले बढ्यो, खराब कर्जा घट्यो, ईपीएसमा सुधार (थप विवरणसहित)

४ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । कामना सेवा विकास बैंकको नाफा ३२.१९ प्रतिशतले बढेको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३२.१९ प्रतिशतले बढेको हो । यसअवधिमा बैंकले कुल २५ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा १९ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा बैंकको खराब कर्जा अनुपात (एनपीएल)मा पनि सुधार आएको छ । गत आर्थिक वर्षमा ३.७० प्रतिशत रहेको बैंकको एनपीएल चालु आर्थिक वर्षको समीक्षा अवधिमा भने ३.४२ प्रतिशतमा झरेको छ ।

समीक्षा अवधिमा बैंकले इम्पेयरमेन्ट चार्ज २१ करोड १९ लाख रुपैयाँ छुट्याएको छ । गतवर्ष सोही अवधिमा बैंकले ३० करोड १५ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको थियो ।

त्यसैगरी बैंकले यसअवधिमा ३७ करोड रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत आर्थिक वर्षको तुलनामा ३२.२४ प्रतिशत बढी हो । गत आर्थिक वर्षमा बैंकको यस्तो मुनाफा २७ करोड ९८ लाख रुपैयाँ रहेको थियो । बैंकले सार्वजनिक गरेको विवरणअनुसार समीक्षा अवधिमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाहमा पनि वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यसवर्ष बैंकको निक्षेप संकलन ५.२८ प्रतिशतले बढेर ५६ अर्ब २९ करोड रुपैयाँ र कर्जा प्रवाह ०.३० प्रतिशतले बढेर ४३ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खुद नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस)मा पनि बढेको छ । यसअवधिमा बैंकको ईपीएस १२ रुपैयाँ ४७ पैसाबाट बढेर १५ रुपैयाँ ७८ पैसा कायम भएको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफा १७ करोड ४५ लाख रुपैयाँ रहेको छ भने चुक्तापुँजी ३ अर्ब २८ करोड रुपैयाँ रहेको छ । हाल बैंकको पीई रेसियो २२.३६ गुण रहेको छ भने प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६१ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: