काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले बैंकका सञ्चालक, उच्च व्यवस्थापन तथा विभिन्न विभागका विभागीय प्रमुखहरूलाई साइबर सुरक्षा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । नेपाल प्रहरी, साइबर ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवीन्द्र अर्यालले वर्तमान अवस्थामा साइबर जोखिमको पहिचान, विश्लेषण र व्यवस्थापन सम्बन्धमा प्रशिक्षण दिएका थिए ।
उक्त प्रशिक्षण कार्यक्रममा एसएसपी अर्यालले पछिल्लो समयमा देखिएका विभिन्न किसिमका विद्युतीय ठगी, साइबर अपराध तथा अन्य साइबर सम्बन्धी जोखिमलाई न्यनुनिकरण गर्न बैंकको सञ्चालक समिति, उच्च व्यवस्थापन तथा अन्य कर्मचारीहरूले साइबर जोखिमको बारेमा पर्याप्त जानकारी राख्नुपर्ने बताए ।
उक्त प्रशिक्षणले बैंकका सञ्चालक समिति तथा उच्च व्यवस्थापनहरूको साइबर जोखिम सम्बन्धी ज्ञान अभिवृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
बैंकले हाल देशभर विभिन्न स्थानमा रहेका १३५ वटा सञ्जाल, ७७ एटिएम वुथ तथा अन्य शाखारहित बैंकिङ सञ्जालमार्फत् आफ्नो अत्याधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्