×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

काठमाडौं महानगरद्वारा ६ महिनामा करिब पाँच अर्व राजस्व असुली

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

काठमाडौं महानगरद्वारा ६ महिनामा करिब पाँच अर्व राजस्व असुली

Artha Sarokar

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा चार अर्ब ९० करोड ५१ लाख ९० हजार रुपैयाँ राजस्व असुल गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा महानगरले चार अर्ब ५६ करोड २९ लाख ५७ हजार रुपैयाँ राजस्व असुल गरेको थियो ।

अघिल्लो आर्थिक वर्ष र चालु आर्थिक वर्षको सोही अवधिको तुलना गर्दा यसवर्ष ३५ करोडले बढी राजस्व असुल भएको काठमाडौँ महानगरपालिकाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी बहाल करमा रू एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ ।

त्यस्तै, सम्पत्ति करमा रू ६७ करोड १७ लाख २० हजार असुल गरेको हो । विभागका अनुसार पछिल्लो समय करदाताको सङ्ख्या बढेकाले गत वर्षको तुलनामा राजस्व बढेको हो । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि करिब रू १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार राजस्व असुल गर्ने लक्ष्य लिएको छ । गत आवमा भने रू नौ अर्ब आठ करोड ७० लाख १३ हजारको लक्ष्य लिएको थियो ।

विगतका केही वर्ष कोरोना महामारीका कारण आशाअनुरुप कर असुल हुन नसकेपनि चालु आर्थिक वर्षमा लक्ष्यमा पुग्न समस्या नहुने काठमाडौँ महानगरपालिकाको भनाइ छ । सम्पत्ति, घरबहाल, व्यवसाय, विज्ञापन, मनोरञ्जन, भूमि, मूल्य अभिवृद्धि र सवारीसाधन करसहित ३६ शीर्षकमा कामपाले राजस्व असुल गर्दै आएको प्रमुख काफ्लेले जानकारी दिए । चालु आर्थिक वर्षमा हालकै अवस्थामा राजस्व असुल भए लक्ष्यमा पुग्न कुनै समस्या नहुने उनको भनाइ थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी