×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती, वार्षिकउत्सवको अवसरमा विभिन्न अफर सार्वजनिक

अर्थ सरोकार

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार

PRIME CA

डिजिटल रूपान्तरणको सात वर्ष मनाउँदै खल्ती, वार्षिकउत्सवको अवसरमा विभिन्न अफर सार्वजनिक

काठमाडौं । डिजिटल वलेट खल्तीले माघ १२ गते आफ्नो सातौँ वार्षिकोत्सव मनाइरहेको छ । २०१७ मा मोबाईल टपअप र बिल भुक्तानी जस्ता सुविधाबाट डिजिटल रूपान्तरण सुरुवात गरेको खल्तीले अहिले ईभेन्ट टिकटिङ देखि सरकारी सेवास‍म्मको कारोबारमा डिजिटल भुक्तानीको सेवा प्रदान गर्न सफल भएको कम्पनीले दावी गरेको छ ।

सातौँ वार्षिकोत्सवको उपलक्ष्यमा खल्तीले १२ माघ गते देखि १८ माघ गतेसम्म पहिलो बैंक लिंक भुक्तानीमा प्रयोगकर्ताहरूलाई रू ७७ को क्यासब्याकको अफर उपलब्ध गराएको छ ।

यसका साथै खल्तीले ‘खल्ती जर्नी’ अफर पनि उपलब्ध गराएको छ । उक्त अफर अनुसार प्रयोगकर्ताहरूले खल्ती एपमा राईट स्वाइप गरी तोकिएको शीर्षक अनुसारको भुक्तानीमा इन्स्टेन्ट रिवार्ड जस्तै : खल्ती ब्यालेन्स , खल्ती पोईन्ट , कुपनहरू र अन्य विभिन्न उपहार जित्न सक्नेछन् । ‘खल्ती जर्नी’ मा १ देखि ७ वर्षको शीर्षकमा विभिन्न चरणमा विभिन्न कार्य तोकिएको छ । सोही अनुसारको चरणहरू पार गर्दै प्रयोगकर्ताहरूले विजेता बन्न सक्नेछन् ।

भुक्तानी मात्र नभई खल्ती क्विज, बैंक ट्रान्सफर, भोटिङ , दामी क्यु आर र फ्री विड्र बैंक खाता सेटअप जस्ता खल्ती विशेष ईनोभेसनहरूको चरण पार गर्न गर्दै रिवार्डको लाभ उठाउन सक्नेछन् ।

साथै, खल्तीले विभिन्न मर्चेन्टसँग साझेदारी गर्दै विभिन्न अफर तथा उपहार पनि आफ्नो वार्षिकोत्सवकै उपलक्षमा उपलब्ध गराएको छ ।

सबै नेपालीका लागि वित्तीय समावेशीकरणको उद्देश्य लिएर अगाडि बढेको खल्तीले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ दिएका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक निकाए, एजेन्ट, मर्चेन्ट व्यवसायी र खल्ती कर्मचारीहरूलाई आभार व्यक्त गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: