काठमाडौँ । कृषि विकास बैंकले ब्याजदर घटाएको छ । बैंकले माघ महिनाको लागि ब्याजदर घटाएको हो ।
योसँगै बैंकले माघ महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा ७.२६० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ५.२६० ब्याजदर निर्धारण गरेको छ । त्यस्तै, बैंकले रेमिट्यान्स मुद्दतीमा ८.२६० प्रतिशत ब्याजदर तोकेको छ । बैंकले यसअघि अर्थात पुष महिनामा व्यक्तिगत मुद्दतीमा ९.०१२, संस्थागततर्फ ७.०१२ र रेमिट्यान्स मुद्दतीमा १०.०१२ प्रतिशत ब्याज दिँदै आएको थियो ।
त्यस्तै, बैंकले माघमा साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि ५.७५० प्रतिशत ब्याजदर तोकेको छ । माघ महिनामा बैंकले कर्जा प्रवाह गर्दा भने आधारदरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम तोक्नेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्