Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको ६५ हजार ५ सय ६२ कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले पुष २२ गतेदेखि संस्थापक सेयरधनीको नाममा रहेको ६५ हजार ५ सय ६२ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने सूचनामा उल्लेख छ ।

उक्त अवधिमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK