Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले पनि ब्याजदर घटायो

अर्थ सरोकार

काठमाडौँ । कुमारी बैंकले पनि माघ महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले माघ १ गतदेखि लागू हुनेगरी निक्षेपको ब्याजदर घटाएको हो ।

बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरअनुसार माघ महिनामा बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा न्यूनतम ६.५० प्रतिशत र अधिकतम ८.११ प्रतिशत ब्याज दिने भएको छ ।

त्यस्तै, बैंकले संस्थागत मुद्दति निक्षेपमा भने न्यूनतम ५.२५ प्रतिशतदेखि अधिकतम ६.११ प्रतिशत ब्याज दिने भएको छ । यसअघि अर्थात पुषमा (हाल) बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ९.३१ प्रतिशत र संस्थागत मुद्दति निक्षेपमा ७.३१ प्रतिशत ब्याज दिइरहेको छ ।

यसअघि एनआईसी एशिया बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाइसकेको छ । एनआईसी एशिया बैंक र कुमारी बैंकपछि अन्य बैंकहरु पनि ब्याजदर घटाउने तयारीमा छन् ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK