Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकको ४५ हजार ५ सय २० कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ सरोकार

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले माघ ५ गतेदेखि संस्थापक सेयरधनी नन्द किशोर श्रेष्ठको नाममा रहेको ४५ हजार ५ सय २० कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीहरुले मात्र आवेदन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले आफुले खरिद गर्न चाहेको सेयर सङ्ख्या खुलाई आगामी ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । सेयरको मूल्य भने बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ ।

उक्त अवधिमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK