Skip to content
LAXMI SUNRISE BANK

खराब कर्जा बढेपछि कुमारी बैंकको नाफामा दबाब, ईपीएस सामान्य घट्यो

अर्थ सरोकार

काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा कुमारी बैंकको नाफा घटेको छ । बैंकले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको खुद नाफा १४.३१ प्रतिशतले घटेको हो । यसअवधिमा बैंकले ८६ करो ७२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जबकी बैंकले गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैकको खुद ब्याज आम्दानी ३५.१ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ५.०८ प्रतिशतले घटेको छ । यस अवधिमा बैंकको निष्कृय कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.९७ प्रतिशत पुगेको छ । समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १ अर्ब ४३ करोडबाट बढेर २ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ ।

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी बढे पनि इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफामा दबाब परेको हो ।

त्यस्तै, बैंकको नाफासँगै समीक्षा अवधिमा प्रतिसेयर आम्दानी (ईपीएस) पनि घटेको छ । यस अवधिमा बैंकको यस्तो आम्दानी १ रुपैयाँ ११ पैसाले घटेर ६ रुपैयाँ ६१ पैसामा झरेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १ सय ३६ रुपैयाँ ८२ पैसा रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK