×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कुटो कोदालो सहकारीका कार्यवाहक अध्यक्ष भन्छन्- ‘समस्या छ तर डुब्ने स्थिति छैन’

PRIME CA

कुटो कोदालो सहकारीका कार्यवाहक अध्यक्ष भन्छन्- ‘समस्या छ तर डुब्ने स्थिति छैन’

२३ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका-१४ स्थित कुटो कोदालो आधुनिक कृषि सहकारी संस्थाको सातौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । धनगढी-१८ का वडा अध्यक्ष भुवन रिजालको प्रमुख आथित्यथामा साधारणसभा सम्पन्न भएको हो । सभामा संस्थाका पदाधिकारी, जनप्रतिनिधि र संस्थाका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा संस्थाका कार्यवाहक अध्यक्ष पूर्णराज तिवारीले देशभर देखिएको सहकारी समस्याको बाछिट्टा केही हदसम्म देखिए पनि कुटो कोदालो सहकारीमा बचत सुरक्षित रहेको दाबी गरेका छन् ।

‘सहकारी क्षेत्रमा समस्या देखिएको पक्का हो र त्यसको केही असर हामिकहाँ पनि देखिएको छ । तर, सहकारी डुबिहाल्छ भन्ने अवस्थामा छैन । एकदमै ठूलो कारोबार भएको संस्था नभएकाले धेरै समस्यमा छैन ।’, तिवारीले भने, ‘तर, केही खराब ऋणीका कारण समस्या भने परेको छ । त्यसलाई पनि सकेसम्म मिलाउने कोसिस गरिरहेको छौँ ।’ त्यस्तै, उनले विगतमा संस्थामा उठ्न बाँकी २१ लाख ऋण रहेको भए पनि हाल उक्त ऋण ७ लाखमा झरेको बताएका छन् । साथै तिवारीले कृषि क्षेत्रमा मुख्य लगानी रहेको सहकारीले आगामी दिनमा पनि कृषि क्षेत्र र किसानलाई मुख्य केन्द्रबिन्दुमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यता कार्यक्रममा प्रमुख अतिथि रहेका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालले कुटो कोदालो सहकारीले कृषि क्षेत्रमा र किसानको हितमा देखाएको तदारुकता प्रशंसनीय रहेको बताएका छन् । त्यस्तै, उनले
समुदायमा छरिएको पुँजीलाई एकिकृत गरेर सेयर सदस्यहरुको आर्थिक र सामाजिक रुपान्तरणमा अझ सशक्त भूमिका निर्वाह गर्न पनि आग्रह गरेका छन् ।

साथै, धनगढी उपमहानगरपालिकाको फुलवारी क्षेत्र आफैँमा कृषि क्षेत्र भएकाले यहाँका किसान र कृषि पेशालाई अब्बल बनाउने कार्यमा लागि पर्न आग्रह गर्दै आवश्यक सहयोगका लागि आफू तयार रहेको पनि प्रतिबद्धता जनाएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: