काठमाडौँ । काठमाडौँ-तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) साइटमा काम गर्ने नेपाली मजदुरलाई चिनियाँ नागरिकले कुटपिट गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक अन्तर्गतको मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपास्वास्थित चिनियाँ क्याम्पमा खाना पाकाउने नेपाली किशोरीमाथि चिनियाँ नागरिकले कुटपिट गरेका हुन् ।
प्रहरीका अनुसार ५१ वर्षीय चिनियाँ नागरिक था काई युनले क्याम्पमा खाना पकाउने १८ वर्षीया किशोरी फूलमाया लुड्बामाथि कुटपिट गरेका हुन् ।
चिनियाँ नागरिकको कुटपिटबाट घाइते भएकी फूलमायालाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको छ ।
फूलमायामाथि कुटपिट गरेको थाहा पाएपछि फूलमायाका आफन्त र स्थानीयले चिनियाँ नागरिक युनलाई पनि कुटपिट गरेको प्रहरीले जनाएको छ । हाल उक्त घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्