Skip to content
LAXMI SUNRISE BANK

नेपालमै चिनियाँ नागरिकको दादागिरीको पराकाष्ठा, नेपाली किशोरीमाथि दिउँसै कुटपिट गरेपछि आफन्तद्वारा प्रतिकार

अर्थ सरोकार

काठमाडौँ । काठमाडौँ-तराई मधेश द्रुत मार्ग (फास्ट ट्रयाक) साइटमा काम गर्ने नेपाली मजदुरलाई चिनियाँ नागरिकले कुटपिट गरेका छन् । नेपाली सेनाले निर्माण गरिरहेको फास्ट ट्रयाक अन्तर्गतको मकवानपुरको बकैया गाउँपालिका-१२ घट्टेपास्वास्थित चिनियाँ क्याम्पमा खाना पाकाउने नेपाली किशोरीमाथि चिनियाँ नागरिकले कुटपिट गरेका हुन् ।

प्रहरीका अनुसार ५१ वर्षीय चिनियाँ नागरिक था काई युनले क्याम्पमा खाना पकाउने १८ वर्षीया किशोरी फूलमाया लुड्बामाथि कुटपिट गरेका हुन् ।

चिनियाँ नागरिकको कुटपिटबाट घाइते भएकी फूलमायालाई स्थानीय मेडिकलमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

फूलमायामाथि कुटपिट गरेको थाहा पाएपछि फूलमायाका आफन्त र स्थानीयले चिनियाँ नागरिक युनलाई पनि कुटपिट गरेको प्रहरीले जनाएको छ । हाल उक्त घटनाबारे थप छानविन भइरहेको प्रहरीले जनाएको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK