काठमाडौं । लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति विषयक कार्यशाला गोष्ठी आयोजना गरेको छ । यो कार्यक्रम २०८१ वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेश्रो लगानी सम्मेलनको तयारी स्वरूप आयोजना गरिएको हो ।
कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रकृयागत, तथा नियामकीय सुधार एवं विदेशी लगानी समेत निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित पहलहरूका विषयमा विमर्श हुनुका साथै सफलतापूर्वक सम्मेलन आयोजना गर्ने सम्बन्धमा नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबीच छलफल भएको थियो ।
उक्त कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री तथा लगानी बोर्ड नेपालका उपाध्यक्ष डा.प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्दै थप लगानी आवश्यक रहेको बताए ।
अहिले हरित अर्थतन्त्र र लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल उत्तम लगानीको गन्तव्य भएको मन्त्री महतले बताए । नेपालले आफूले कार्बन उत्सर्जन न्यून गर्नेमात्र नभइ स्वच्छ उर्जाको माध्यमबाट क्षेत्रीय रूपमा नै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउने भन्दै मन्त्री महतले नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने मन्त्री महतको भनाइ थियो ।
त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दिगो हुने धारणा राखेका थिए ।
उक्त अवसरमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने बताएका थिए । उनले लगानी सम्मेलनको तयारीका सम्बन्धमा पनि प्रकाश परेका थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्