काठमाडौं । लक्ष्मी सनराईज बैंकले ‘ई-कमर्स अक्वायरिङ गेटवे’ सेवा संचालनमा ल्याएको छ । नेप्स अन्तर्गत ई-कमर्स अक्वायरिङ गर्ने लक्ष्मी सनराईज पहिलो बैंक रहेको छ । यो सेवा नेप्स र भिसाको सहायक संस्था, साइबरसोर्ससँगको सहकार्यमा विकास गरेको हो ।
यस सेवाको संचालन पश्चात् अब लक्ष्मी सनराईज बैंकका व्यापारी ग्राहकहरुले ई-कमर्स प्लेटफर्म मार्फत अनलाइन भुक्तानी स्वीकार गर्न सक्नेछन् । ई-कमर्स अक्वायरिङ गेटवे व्यापारीवर्गहरुको निम्ती ग्राहक मार्फत भुक्तानी लिनको लागि सजिलो मध्यम हुन सक्ने बैंकको विश्वास छ।
उक्त प्लेटफर्मबाट व्यापारीहरुले विश्वव्यापी रुपमा अनलाइन कारोबार पनि स्वीकार गर्न सक्नेछन् भने उपभोक्ताहरूले भौतिक उपस्थितिको आवश्यकता बिना छिटो र सहज रूपमा कार्डमार्फत अनलाइन भुक्तानी गर्न सकिनेछ । तसर्थ यो सुविधाले देशको ई-कमर्स कारोबार बढाउने विश्वास नेप्स तथा लक्ष्मी सनराईज बैंकको रहेको छ ।
लक्ष्मी सनराईज बैंकले देशभर रहेका २६३ शाखा, २८ एक्स्टेन्सन काउन्टर , ३२८ ब्त्ः, १४१ शाखा रहित बैंकिङ र ५,००० भन्दा बढी रेमिटेन्स एजेन्टमर्फत आफ्नो सेवाहरु प्रधान गर्दै आइरहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्