×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लक्ष्मी सनराइज बैंकद्वारा डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटी सुरु

अर्थ सरोकार

प्रकाशित मिति : ११ माघ २०८०, बिहीबार

PRIME CA

लक्ष्मी सनराइज बैंकद्वारा डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटी सुरु

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटी (OrangeNXT) सुरु गरेको छ । बैंकले आधुनिक बैंकिङ आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ सेवा ओरेन्ज एनएक्सटीको थालनी गरेको हो । फोन एनएक्सटीसँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको बैंकले जनाएको छ ।

ओरेन्ज एनएक्सटीले मोबाईल बैंकिङ एपको माध्यमबाट सहज र पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखी लिएर मुद्दती खाता, गोल-बस्ड डिपोजिट जस्ता वित्तीय व्यवस्थापनका उन्नत सुविधाहरु प्रदान गर्ने भएको छ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ सेवा दिने लक्ष्मी सनराइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउने बैंकको विश्वास छ ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैंकिङको परिदृश्यको रूपान्तरणमा ओरेन्ज एनएक्सटी कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाईल बैंकिङ सेवालाई समेत समानन्तर रूपमा विकास गर्दै, ओरेन्ज एनएक्सटी मार्फत बैंकिङ सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ सेवा प्रदान गरिनेछ ।

फोन एनएक्सटीका प्रमुख कार्यकारी अधिकृत सनत कुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ प्रदान गर्ने मूलभुत उद्देश्यले ओरेन्ज एनएक्सटीको विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित ओरेन्ज एनएक्सटीले बैंकिङ अनुभवलाई आमूल परिवर्तन ल्याउँदै ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ ।

यस अभुतपूर्व यात्रामा आफ्नो विशिष्ट फिनटेक दक्षताको माध्यमबाट ओरेन्ज एनएक्सटीको सेवालाई थप उचाई दिने फोन एनएक्सटीको रणनैतिक सहभागिताको लक्ष्मी सनराइज सह्रहना गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: