काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा देशको नाममा ८५ अर्ब १३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको छ ।
२०८० असार मसान्तसम्म २२ खर्ब ९९ अर्ब १० करोड रुपैयाँ रहेको सार्वजनिक ऋण अहिले २३ खर्ब ८५ अर्ब नाघेको छ । जसमध्ये सरकारले तिर्न बाँकी आन्तरिक ऋण ११ खर्ब ९८ अर्ब ४ करोड रुपैयाँ रहेको छ ।
यसो त सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल १ खर्ब ६२ अर्ब ५८ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको थियो । जसमध्ये सरकारले अन्तरिक र बाह्य ऋणको साँवाबापत ७७ अर्ब ४५ करोड रुपैयाँ भुक्तानी गरेको छ । सोहीका आधारमा पछिल्लो ६ महिनामा देशको नाममा ८५ अर्ब १३ करोड रुपैयाँ बराबर सार्वजनिक ऋण थपिएको हो ।
त्यस्तै, सरकारले पछिल्लो ६ महिनामा आन्तरिक ऋणको ब्याज भुक्तानीमा ३४ अर्ब १९ करोड रुपैयाँ र बाह्य ऋणको ब्याज भुक्तानीमा चार अर्ब ९३ करोड रुपैयाँ खर्च गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्