×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लोवर इर्खुवा हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लोवर इर्खुवा हाइड्रोपावरले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल नियुक्त

Artha Sarokar

४ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेड प्रमुख प्रबर्द्धक रहेको, लोवर इर्खुवा हाइड्रोपावर लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । हाइड्रोपावरले जारी पुँजी १ अर्व ३० करोड ५० लाखको २१.५ प्रतिशतले हुन आउने २८ लाख ५ हजार ७ सय ५० कित्ता सेयर जारी गर्न लागेको हो ।

कम्पनीले आइपीओ जारी गर्नको लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ । सेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा लोवर इर्खुवा हाइड्रोपावरको तर्फबाट प्रबन्ध संचालक विश्वेश्वर सुबेदी तथा मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् ।

हाइड्रोपावरले  जारी पूँजीको १० प्रतिशत अर्थात १३ लाख ५ हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको लागि र ११.५ प्रतिशत अर्थात १५ लाख ७ सय ५० कित्ता सेयर सर्वसाधारणहरुलाई जारी गर्ने जनाएको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी