Skip to content
LAXMI SUNRISE BANK

खराब कर्जा बढेपछि माछापुच्छ्रे बैंकको नाफा घट्यो

अर्थ सरोकार

काठमाडौँ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ८० करोड ५३ लाख ८० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २१.४५ प्रतिशत कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब २ करोड ५२ लाख ६२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ५.५६ प्रतिशतले घटेर २ अर्व ६३ करोड ७४ लाख ९७ हजार रुपैयाँ रहेको छ भने सञ्चालन नाफा १३.१९ प्रतिशतले घटेर १ अर्ब २७ करोड ९२ लाख ३३ हजार रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.४१ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ । यही कारण बैंकको खुद नाफा घट्न गएको हो ।

बैंकले प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको वितरणयोग्य मुनाफा २४ करोड ६९ लाख ८६ हजार रुपैयाँ ऋणात्मक रहेको छ । त्यस्तै, ११ अर्ब ६२ करोड १३ लाख ५७ हजार रुपैयाँ चुक्ता पुँजी रहेको छ भने बैंकको जगेडा कोषमा ५ अर्ब ४४ करोड २७ लाख १८ हजार रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १३ रुपैयाँ ८६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ रहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK