×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माल्टा पठाईदिन्छु भन्दै ४३ लाख ठग्ने एक महिला पक्राउ

PRIME CA
GLOBAL IME BANK

माल्टा पठाईदिन्छु भन्दै ४३ लाख ठग्ने एक महिला पक्राउ

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । माल्टा पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ परेकी छिन् । पाल्पा जिल्ला बग्नासकाली गाउँपालिका वडा नं. १ घर भई हाल काठमाडौं महानगरपालिका वडा नं. १५ स्वयम्भु बस्ने मायादेवी राना पक्राउ परेकी हुन् ।

उनले दिपक राज कंडेललाई वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिन्छु भन्दै ४३ लाख ठगी गरेकी थिईन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले स्वयम्भुबाट पक्राउ गरेको हो ।

पक्राउ परेकी रानालाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको प्रहरीले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: