काठमाडौँ । नेपाल प्रहरीको साइबर ब्युरोले युट्युबर मनोज मानवलाई फेरि पक्राउ गरेको छ । सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो ।
मानवलाई पक्राउ गरिएको साइबर ब्युरोका एक अधिकारीले पुष्टी गरेका छन् । उनीविरुद्ध प्रहरीको साइबर ब्युरोमा उजुरी परेको थियो ।
उनी यसअघि पनि सोही कसुरमा गत कात्तिक २३ गते पक्राउ परेका थिए । उनले स्टार अनलाइन टिभी नामक युट्युब च्यानल सञ्चालन गर्दै आएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।