×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने

PRIME CA

मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक हुने

२९ पुष २०८०, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तले शनिबार बनेपाको पुतली घर रिसोर्टमा सम्पन्न विशेष साधारण सभामा गाभिने प्रस्ताव पारित गरेको हो ।

सभाले ७३:१०० को अनुपातमा सेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । गाभिने सम्बन्धमा दुई संस्था बीच गत आर्थिक वर्ष नै प्रारम्भिक सम्झौता भएको थियो । सभाले गाभिने सम्बन्धमा बाँकि रहेका सम्पूर्ण कार्य पूरा गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

त्यस्तै, सभाले सञ्चालक समितिको निर्विरोध चयन समेत गरेको छ ।

श्रीजनशील लघुवित्तले पनि शनिबार नै विशेष साधारणसभा सम्पन्न गर्दै गाभिने लगायतका प्रस्ताव पारित गरेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: