×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिर्मिरे लघुवित्तद्वारा दुई लाख २५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिर्मिरे लघुवित्तद्वारा दुई लाख २५ हजार रुपैयाँ बीमा दाबी भुक्तानी

Artha Sarokar

५ माघ २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले दुई लाख ५० हजार रुपैयाँ बीमा दाबी रकम भुक्तानी गरेको छ । शाखा कार्यालय बनेपाको केन्द्र नं. २४ ओमकारेश्वर मिर्मिरे महिला समूहमा आवद्ध सदस्य सावित्री थापाको मृत्यु पश्चात कर्जाको म्यादी जीवन बीमावापत निजको श्रीमान भुवन थापालाई बीमाङ्क तथा क्रिया खर्च रकम रु. २ लाख २५ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

संस्थाले आइएमई लाइफ इन्स्योरेन्स कम्पनीसँग सदस्यको म्यादी जीवन बीमा सहकार्य गरेकोमा उक्त दाबी रकम संस्थाका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मिन बहादुर बोहराले चेक मार्फत हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा प्रमुख कार्यकारी बोहरासँगै कर्जा तथा असुली विभाग प्रमुख राजेश श्रेष्ठ, शाखा प्रमुख ललिता पौडेल तथा कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

दाबी भुक्तानी लिने क्रममा बीमा गरेको कारणले संस्थासंग लिएको कर्जाको व्ययभार परिवारमा नपरेकोले संस्था तथा बीमा कम्पनी प्रति आभारी रहेको भुवन थापाले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी