Skip to content
LAXMI SUNRISE BANK

मिर्मिरे लघुवित्त वित्तीय संस्थाद्धारा १२ लाख ४० हजार रुपैयाँ बिमा दाबी रकम भुक्तानी

अर्थ सरोकार

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय नारायणपुरले बिमा दाबी रकम भुक्तानी गरेको छ । सो संस्थाले १२ लाख ४० हजार रुपैयाँ बिमा दाबी रकम भुक्तानी गरेको हो ।

उक्त संस्थामा नारायणपुर नागरिक मिर्मिरे समुहमा आबद्ध सदस्य चन्द्र बहादुर कडायतको मृत्यु पश्चात कर्जाको जिबन बिमा बापत मृतकको श्रीमती चेतु कुमारी कडायतलाई बिमाङ्क तथा किरिया खर्च वापत १२ लाख ४० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

संस्थाले मेट लाईफ ईन्स्योरेन्स कम्पनीसँग सदस्यको म्यादी जिबन बिमा सहकार्य गरेकोमा उक्त दाबी रकम टिकापुर नगरपालिका वडा नं. ६ का कार्यबाहक वडा अध्यक्ष पुरन नायकले संस्थाले प्रदान गरेको चेक हस्तान्तरण गरेका हुन् ।

हस्तान्तरण कार्यक्रममा सुदुर पश्चिम प्रदेश प्रमुख भिम बहादुर साउँद, बौनिया क्लष्टर प्रमुख मनोज कुमार ओली, सुदुर पश्चिम प्रदेश कर्जा असुली प्रमुख सुरत सुनार, शाखा प्रमुख नरेन्द्र बहादुर धामी तथा कर्मचारीहरु मिना रावल क्षेत्री, बबिता पौडेल भेषराज उपाध्याय तथा केन्द्र न ७० सदस्यहरुको उपस्थिति रहेको थियो । दाबी भुक्तानी लिने क्रममा चेतु कुमारी कडायतले यस्ता किमिमका सुबिधाले संस्था तथा सदस्यको परिवारलाई आर्थिक भार नहुने बताएकी छिन् ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK