×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरुको टोली भारत जाँदै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरुको टोली भारत जाँदै

Artha Sarokar

१६ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । बाँदर नियन्त्रणबारे अध्ययन गर्न सांसदहरुको जम्बो टोली भारत जाने भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यहरु, १० जना पशु चिकित्सक र पाँच जना वनका रेन्जरसहितको टोली भारतको हिमांचल जाने भएका हुन् । समितिका एक सदस्यका अनुसार उक्त भ्रमणमा करिब १८/१९ जना सांसदहरु रहनेछन् ।

समिति सभापति डा.आरजु राणाको पहलमा भारतीय पक्षले नै आमन्त्रण गरेको र सोही आधारमा भ्रमण हुन लागेको बताइएको छ ।

तर, भ्रमणको मिति भने तय भएको छैन । यद्यपि भ्रमणका क्रममा सांसदहरुले बन्ध्याकरणमार्फत बाँदरको नियन्त्रणबारे अध्ययन गर्नेछन् । यो भ्रमण बाँदर आतंकका कारण आजित बनेका किसानहरुको लागि लाभदायक रहने सांसदहरुले विश्वास गरेका छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी