काठमाडौं। जहिले पनि सामान्यको घेरा तोडेर उल्लेखनीय सफलता हासिल गर्न उत्प्रेरित गर्दै आएको ब्राण्ड माउण्टेन ड्यु, सफल आरोही गेल्जे शेर्पाको साथमा चो यु हिमाल (८,१८८ मिटर) आरोहण गर्ने उनको सपनालाई साकार पार्ने अभियानमा जुटेको छ ।
अधिक उचाईको हिमाली बाघको रुपमा समेत परिचित गेल्जे शेर्पा एक व्यावसायिक हिमाल आरोही एवं पथ प्रदर्शक हुन्, जसले ८००० मिटर उचाईका धेरै चुचुराहरु आरोहण गर्ने अभियानको पथ प्रदर्शक भएर काम गरिसकेका छन् र २०१९ को प्रोजेक्ट पोसिबल टिमको उनी एक सदस्य पनि थिए, जसले नेपाली शेर्पा समुदायलाई गौरव र पहिचान दिलाएको थियो ।
गेल्जे शेर्पाले ‘डेथ जोन’को नामबाट परिचित सगरमाथाको एक क्षेत्रबाट सन् २०२३ मा आफ्नो ज्यान हत्केलामा राख्दै अदम्य साहस, करुणा र बहादुरीका साथ उद्धार गरेर एक पर्वतारोहीको जीवन बचाएका थिए । आफ्नो हिम्मत र वीरता प्रदर्शन गरेर माउण्टेन ड्युको नारा ‘डरको अगाडी जित छ’ जसरी उनले डरको सामना गरेका थिए, त्यसको लागि सम्मान दिँदै गेल्जे शेर्पालाई उनको यात्रामा माउण्टने ड्युले निरन्तर साथ दिने भएको छ ।
इच्छा, आकाँक्षाहरुलाई वास्तविकतामा रुपान्तरण गर्ने र सीमितताका परिधिहरु तोड्नेहरुलाई उत्सवको रुपमा मनाउने ब्राण्डको प्रतिबद्धताले गेल्जे शेर्पाको सपना साकार बनाउने कार्यमा महत्वपूर्ण भूमिका खेल्दछ । माउण्टेन ड्युले नेपालबाट माउण्टेन चो यु आरोहण गर्ने गेल्जे शेर्पाको आरोहण अभियान २०२५ लाई सघाउने भएको छ ।
गेल्जेले नयाँ उचाईहरु माथि जित हासिल गर्ने र नेपालका शेर्पाहरुलाई पहिचान दिलाउने लक्ष्य राखेका छन्, उनको यो लक्ष्यमा माउण्टेन ड्यु एक भरपर्दो सहयोगीको रुपमा उभिएर आकाँक्षाहरुलाई उल्लेखनीय उपलब्धिमा रुपान्तरण गर्न उनलाई साथ दिने तथा शक्ति, सामर्थ र बहादुरीको पर्याय नेपाली शेर्पा समुदायलाई अझ फैलाउनमा मद्दत गर्न अग्रसर भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्