Skip to content
LAXMI SUNRISE BANK

माउन्टेन इनर्जीको लाभांश घोषणा

अर्थ सरोकार

काठमाडौं । माउन्टेन इनर्जी नेपालले लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १५.७८९ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कम्पनीको पौष २२ गते आइतबार बसेको संचालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीमा वितरण हुनेछ ।

गत आर्थिक वर्ष २०७८/७९ मा भने कम्पनीले १०.५३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK