×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

माउन्टेन हाइड्रोको साधारणसभा सम्पन्न, हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित

Artha Sarokar

२४ पुष २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । माउन्टेन हाइड्रो नेपाल लिटिडेको आठौं वार्षिक साधारणसभा पौष २३ गते कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष सिताराम तिमल्सिनाको अध्यक्षतामा भएको साधारणसभाले १:१ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ ।

साधारणसभाले आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल गरी पारित गरेको छ ।

त्यसैगरी सभाले आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । सभाले अरु कुनै जलविद्युत आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी