×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ कृषि कम्पनीको ५औं साधारणसभा सम्पन्न, नयाँ संचालक समितिको चयन

PRIME CA
GLOBAL IME BANK

मुक्तिनाथ कृषि कम्पनीको ५औं साधारणसभा सम्पन्न, नयाँ संचालक समितिको चयन

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनीको ५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पौष २५ गते यती इभेन्टस् एण्ड कन्फेरेन्स सेन्टर काठमाडौंमा सम्पन्न भएको हो ।

सभामा कम्पनीका अध्यक्ष भरतराज ढकालले आर्थिक वर्ष २०७९/२०८० को संचालक समितिको प्रतिवेदन र आगामी वर्षहरुको कार्ययोजनाका साथै, मुक्तिनाथ कृषि कम्पनीका सचिव रामशरण तिमल्सिनाले भिजन ८५को रणनीतिक कार्यहरुको बारेमा बताएका थिए ।

पाँचौ वार्षिक साधारण सभाबाट कम्पनीले नयाँ संचालक समितिको चयन गरेको छ । जसअन्तर्गत सर्वसम्मत रुपमा नयाँ संचालकहरुमा संस्थापक तर्फबाट भरतराज ढकाल, सीताराम काफ्ले र तुलसीराम ढकाल संस्थापक संस्थागत तर्फबाट मुक्तिनाथ विकास बैंकबाट गोविन्द बहादुर राउत र सर्वसाधारणको तर्फबाट चिरन्जीवी अर्याल निर्वाचित भएका छन् ।

साथै, २०८० साल पौष २६ गते बसेको निर्वाचित संचालकहरुको बैठकबाट सीताराम काफ्ले अध्यक्षमा चयन भएका छन् । त्यस्तै, उक्त बैठकबाट ४वर्षे कार्यकालका लागी भरतराज ढकाललाई प्रबन्ध निर्देशकमा चयन गरिएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: