×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

करण चौधरीको अध्यक्षतामा नाडाको नयाँ केन्द्रीय कार्य समिति गठन

२३ पुष २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको नयाँ कार्य समिति गठन भएको छ । नाडाको पौष २० गते सम्पन्न भएको ४७औं वार्षिक साधारणसभा कारण चौधरीलाई अध्यक्ष पदमा सर्व सम्मत रुपमा निर्वाचित गरेको हो । सो साधारण सभाले १७ जना केन्द्रीय कार्य समिति सदस्यहरुलाई समेत सर्व सम्मत रुपमा निर्वाचित गरेको छ ।

त्यस्तै, पौष २२ गते नव निर्वाचित अध्यक्ष चौधरीको अध्यक्षतामा बसेको नाडा केन्द्रीय कार्य समितिको पहिलो बैठकले नाडाको विधान २०७१ को संशोधित विधान २०८० बमोजिम निम्म बमोजिमका पदाधिकारीहरु सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । निवर्तमान अध्यक्ष डा. धुर्ब थापा, बरिष्ठ उपाध्यक्षमा आकाश गोल्छा, संस्थागत उपाध्यक्षमा पुष्कर ओझा र तेजनारायण साह, अन्य उपाध्यक्षमा राजनबाबु श्रेष्ठ र निराकार श्रेष्ठलाई चयन गरेको छ ।

त्यसैगरी सो बैठकले महासचिवमा, सुरेन्द्रकुमार उप्रेती, सचिवमा विक्रम सिंहानिया, कोषाध्यक्षमा मिलनबाबु मल्ल, सहकोषाध्यक्षमा पंकज अग्रवाललाई निर्वाचित गरेको छ । बैठकले संस्थागत सदस्यहरुमा सञ्जयकुमार श्रेष्ठ, कुलबहादुर क्षेत्री, कृष्णप्रसाद श्रेष्ठ, गणेशप्रसाद भट्टराई, भद्र भण्डारीलाई निर्वाचित गरेको छ ।

बैठकले केन्द्रीय कार्य समितिको सदस्य पदमा सुनिल रिजाल, प्रकाश कपुरी, कपिल शिवाकोटी, प्रदिपमान प्रधान, यमुना श्रेष्ठ, संजयकुमार खेतान, नवराज भुषाल, ऋद्धि कार्की, दिपेन्दकुमार मिश्र,र सौरभ थापालाई निर्वाचित गरेको छ ।

नाडाको उक्त विधान बमोजिम नव निर्वाचित अध्यक्ष चौधरीले मेघराज पौडेल, निलमणी पाठक र सोहन श्रेष्ठलाई सोही केन्द्रीय कार्य समितिको सदस्य पदमा मनोनित गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: