काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नारायणहिटी दरबारको पर्खाल भत्काउन पुनः अर्को पत्र पठाएको छ । महानगरपालिकाले दरबार संग्रहालय परिसरको पर्खाल अग्लो भएको भन्दै भत्काउनका लागि नेपाल सरकार, नेपाल ट्रष्टको कार्यालयलाई दोस्रो पटक पत्र पठाएको हो ।
नारायणहिटी दरबार संग्राहलयको पर्खाल, बस्ती विकास सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ को दफा १३(१५) मा गरिएको व्यवस्था बमोजिम नभएको भन्दै महानगरले पर्खाल भत्काउन ताकेता गरेको हो । त्यस्तै, महानगरले सो पर्खाल १.२ मिटर अग्लो र सो माथि ०.६ मिटर अग्लो जाली राखेर निर्माण गर्न पनि आग्रह गरेको छ ।
महानगरले यसअघि २०८० पुष १३ गते पत्र लेख्दै पर्खाल भत्काएर पुनर्संरचना गर्न आग्रह गरेको थियो । तर, हालसम्म पनि सो कार्य नभएको भन्दै महानगरले पर्खाल भत्काउन पुनः तोकता गरेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्