×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपालले दिगो विकासबारे तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

नेपालले दिगो विकासबारे तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा गर्दै

Artha Sarokar

३ माघ २०८०, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपालले आगामी असार महिनाभित्र दिगो विकास सम्बन्धी ‘राष्ट्रिय स्वेच्छिक समीक्षा’ (भोलन्टरी नेशनल रिभ्यु–भिएनआर) प्रतिवेदन तयार पारी संयुक्त राष्ट्रसंघ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने भएको छ । राष्ट्रिय योजना आयोगले मंगलबार काठमाडौँमा राष्ट्रिय स्वेच्छिक समीक्षा कार्यशालामा आयोजना गर्दै विभिन्न क्षेत्रबाट सुझाव लिएको छ । दिगो विकास लक्ष्यका सम्बन्धमा नेपालले सन् २०२३ सम्ममा हासिल गरेका उपलब्धिको समीक्षा र अबको कार्यदिशाबारे राय–सुझाव लिएको हो ।

यसअघि नेपालले पहिलोपटक सन् २०१७ र दोस्रोपटक सन् २०२० मा समीक्षा गरेको थियो । अबको छ महिनाभित्र तेस्रोपटक समीक्षा गरिने आयोगले जनाएको छ ।

कार्यशालाको उद्धघाटन शत्रमा बोल्दै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले दिगो विकास लक्ष्य प्राप्तिमा नेपालले गरिरहेको काम र नतिजाको समीक्षा, अरु देशका राम्रा अभ्यास, विभिन्न निकाय तथा सरोकारवालासँग समन्वय तथा सहाकार्य र राय सुझाव लिनका लागि कार्यशाला आयोजना गरिएको बताए ।

दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपाल पूर्णरुपमा प्रतिबद्ध रहेको र निर्धारित लक्ष्य प्राप्त गर्न संघ, प्रदेश र स्थानीय तह गरी तीनवटै तहका सरकारले भूमिका निभाइरहेको उनको भनाइ छ । ‘दिगो विकास लक्ष्यको स्थानीयकरण भएको छ । आवधिक योजना, मध्यमकालीन खर्च संरचना तथा वार्षिक नीति तथा कार्यक्रम र बजेटले दिगो विकास लक्ष्यसम्बन्धी विषयलाई प्राथमिकताका साथ समेटेका छन् । दिगो विकास लक्ष्य प्राप्तिसँग जोडिएका योजना तथा कार्यक्रमको अनुगमन तथा मूल्याङ्कनको काम प्रभावकारी ढङ्गले भएको छ’, उनले भने ।

आगामी आर्थिक वर्ष २०८१/०८२ बाट लागू हुनेगरी तयार भइरहेको १६औं पञ्चवर्षीय आवधिक योजनाले पनि अतिकम विकसित मुलुकबाट स्तरोन्नति र सन् २०३० सम्ममा दिगो विकास लक्ष्य पूरा गर्ने लक्ष्यसहित कार्ययोजनासहित मस्यौदा तयार भइरहेको श्रेष्ठले बताए । दिगो विकाससम्बन्धी तेस्रो राष्ट्रिय स्वेच्छिक समीक्षा तयार गर्नका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा रहेको दिगो विकास कार्यान्वयन तथा अनुगमन समितिले काम गरिरहेको छ ।

आयोगको आर्थिक व्यवस्थापन महाशाखाले सचिवालयको रुपमा काम गरिरहेको छ । नेपालले यो प्रतिवेदन आगामी जुलाईमा सयुक्त राष्ट्रसङ्घ अन्तर्गतको उच्चस्तरीय राजनीतिक मञ्चको बैठकमा प्रस्तुत गर्ने पनि उपाध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघको नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले दिगो विकास लक्ष्य प्राप्तिका लागि नेपालले गरिरहेका कामको प्रशंसा गर्नुहुँदै थप प्रगतिमूलक नतिजाका लागि प्रयास गर्नुपर्ने बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी