काठमाडौँ । नेपाल एयरलाइन्सले किस्ताबापतको ५३ करोड रुपैयाँ कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई बुझाएको छ । एयरलाइन्सले जहाज खरिदबापतको किस्ता सञ्चय कोष र लगानी कोषलाई तिरेको हो ।
नेपाल एयरलाइन्सका अनुसार दुई वटा न्यारोबडी र दुई वटा वाइडबडी जहाज खरिद गर्दा लिएको ऋणको किस्ताबापत आइतार ५३ करोड ९ लाख ५५ हजार २ सय ८१ रुपैयाँ तिरेको हो ।
एयरलाइन्सले पछिल्लो १८ महिनामा जहाज खरिदबापत कुन ४ अर्ब ८३ करोड ५७ लाख ३१ हजार ६ सय ८७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
हाल बुझाएको किस्ता पनि न्यारोबडी जहाजको पूरै र वाडडबडी जहाजको आंशिक किस्ता रहेको एयरलाइन्सले जनाएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्