×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लिएको ऋण तिर्न नेपाल एयरलाइन्सले फेरि डेढ खर्ब ऋण लिने !

PRIME CA
GLOBAL IME BANK

लिएको ऋण तिर्न नेपाल एयरलाइन्सले फेरि डेढ खर्ब ऋण लिने !

११ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले पुनः डेढ खर्ब ऋण लिने तयारी गरेको छ । एयरलाइन्सले यसअघि न्यारोबडी र वाइडबडी जहाज किन्दा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट चर्को ब्याजदरमा लिएको ऋण तिर्न १ खर्ब ३५ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको हो ।

डेढ खर्ब ऋण लिनेबारे निगमले विज्ञप्ति नै जारी गरेर जानकारी दिएको छ । यसका लागि निगमले अन्तराष्ट्रिय आशय पत्र पनि निकालिसकेको छ ।

निगमका अनुसार यसरी लिइएको ऋणबाट पुरानो ऋण तिर्ने र आन्तरिक तथा बाह्य सेक्टरमा उडान गर्न थप जहाज किन्ने तथा अन्तराष्ट्रिय स्तरको जहाज मर्मत गर्ने ह्यांगर निर्माण गर्ने कार्यमा खर्च गरिने निगमले जनाएको छ ।

यसरी लिइने १ खर्ब ३५ अर्ब ऋण निगमले एकैपटकमा नभएर पटकपटक गरी लिनेछ जुन ऋणको ब्याजबाफत निगमले वार्षिक ३ अर्ब रुपैयाँ भुक्तानी गर्नुपर्ने निगमले जनाएको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: