×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल लाइफ इन्स्योरेन्सको ‘एमडीआरटी’ अचिभर्स अवार्ड कार्यक्रम सम्पन्न, ११६ जना अभिकर्ता सम्मानित

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

नेपाल लाइफ इन्स्योरेन्सको ‘एमडीआरटी’ अचिभर्स अवार्ड कार्यक्रम सम्पन्न, ११६ जना अभिकर्ता सम्मानित

Artha Sarokar

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘एमडीआरटी’ अचिभर्स अवार्ड,२०२४ भव्यता पूर्वक सम्पन्न गरेको छ । इन्स्योरेन्सले सन् २०२३ को जनवरी देखि डिसेम्बर अन्तिम सम्ममा ‘एमडीआरटी २०२४’ का लागि योग्य भएका ११६ जना अभिकर्तालाई सम्मान गरेको हो ।

कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल प्रसाद ढकाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा कार्यक्रमको उद्धघाटन गरेका हुन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले स्वागत मन्तव्य व्यक्त गर्दै कम्पनीले वर्ष सकिएको आठ दिन भित्र नै भव्य कार्यक्रम आयोजना गर्न पाउँदा मन हर्षित भएको बताए । ‘पराक्रमी गति, आक्रामक नीति’ भन्ने नाराका साथ कम्पनीले मनाई रहेको सार्क वर्ष २०८०/८१ को उदेश्यलाई शिरोधार्य गर्दै व्यवसाय विस्तारमा दत्त चित्त भई कार्य सम्पादन गर्न सम्पूर्ण अभिकर्तालाई आग्रह गरे ।

त्यस्तै, बीमकको माग अनुरुप बजार सुहाउँदो बीमा योजनाहरु निकट भविष्यमा नै सार्वजनिक गर्न कम्पनीले द्रुत गतिमा तयारी गरी रहेको पराजुलीले जानकारी दिए । प्रमुख कार्यकारी अधिकृत पराजुलीले कम्पनीको मेरुदण्ड भनेकै अभिकर्ता साथीहरु रहेको साथै उनीहरुकै अथक मेहनत र परिश्रमका कारण नै नेपाल लाइफ सफल भएको र आगामी दिनमा झन् बलियो र सबल भएर बजारमा प्रस्तुत हुनेमा आफु विश्वस्त रहेको कुरा बताए । अभिकर्ताहरुको चौतर्फी विकासका निम्ति कम्पनी निकै नै संवेदनशील रहेको कुरा समेत प्रमुख कार्यकारी अधिकृत पराजुलीले बताए ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी