×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेप्सेको ‘कथित मर्मत’, लगानीकर्ता मर्माहत !

अर्थ सरोकार

प्रकाशित मिति : ७ माघ २०८०, आईतवार

PRIME CA

नेप्सेको ‘कथित मर्मत’, लगानीकर्ता मर्माहत !

काठमाडौं । नेप्सेको सिष्टमभित्र अनाधिकृत रुपमा प्रवेश गरेकाहरुको ‘एक्सन लग’ डिलिट गर्न मर्मतको नाटक गरेको नेप्सेले सिष्टमभित्र प्रवेश गरेका अनाधिकृत व्यक्तिहरुको लग हटाउने नाममा क्यास फाइल क्लियर गर्दा उल्टै टिएमएस स्लो भई लगानीकर्ता मारमा परेका छन् । मर्मतका नाममा नेप्से र वाइको मिलेर गरेको मनपरीको मारमा आफुहरु पर्दा लगानीकर्ताहरु उल्टै मर्माहत भएका हुन् ।

आइतबार कारोबार समयदेखि नै नेप्सेको सिष्टमले गतिलोसँग काम गरेको छैन । नेप्सेको साइटमा समेत समस्या देखिएको छ भने टिएमएसमासमेत समस्या देखिएको छ । मर्मतपछि सिष्टम झन् रफ्तारमा चल्नुपर्नेमा उल्टै ढिलो हुँदा लगानीकर्ताहरु मारमा परेका हुन् ।

प्रविधिका जानकार टिपी दाहालका अनुसार क्यास फाइल क्लियर गर्दा ‘युजर एण्ड’मा समस्या आउने गर्दछ । ञक्यास फाइल क्लियर गर्दा युजर एण्डमा समस्या आउनु स्वभाविक हो । एक पटक सबै डाटा लोड भईसकेपछि ढिलो लोड हुने समस्या हट्छ ।झ दाहालले अर्थ सरोकारसँग भने– ‘मर्मतपछि हुने सम्भावित समस्यालाई नेप्सेले सुरुमै भनिदिएको भए राम्रो हुन्थ्यो ।’

नेप्सेले अनाधिकृत व्यक्तीको सिष्टममाथी पहुँच भएको विषयमा छानविन गर्न निर्देशन दिएपछि नेप्सेले मर्मतका नाममा त्यस्तो अनाधिकृत पहुँचको तथ्यांक डिलिट गरेको थियो । यहि क्रममा सिष्टमको क्यास फाइलसमेत डिलिट गर्दा लगानीकर्ताले सिष्टम स्लो चलेको महसुस गरेका हुन् ।

केही समय अघिमात्र नेप्सेको सिष्टमभित्र पसेर हाथवेको सेयर कारोबारमा छेडखानी गरिएको थियो । हिमालयन रिको सेयरको मूल्य बढाउन पनि हाथवे निकटका व्यक्तिहरु प्रयोग गरिएको थियो । हाथवेको माउ कम्पनी आईएमई ग्रुपको वाइकोमा ७० प्रतिशत सेयर छ । यसरी सिधा स्वार्थको द्वन्द्व चलिरहँदा पनि वाइकोलाई नियामक नेपाल धितोपत्र बोर्डले कार्वाहि गर्न सकेको छैन । आईएमई समूहले उल्टै थप चलखेल गर्न बोर्डमा आफू निकटका चापागाईं थरका व्यक्तिलाई बोर्डको अध्यक्ष बनाउनेगरी तयारी गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: