काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)का प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामकृष्ण खतिवडाले राजीनामा दिएका छन् । खतिवडाले माघ १ गतेदेखि लागू हुने गरी राजिनामा दिएको हुन् । उनको राजिनामा बैंकको संचालक समितिको बैठकले पनि स्वीकृत गरेको छ ।
खतिवडाको राजिनामा स्वीकृत भएसँगै संचालक समितिको बैठकले बैंकका नायव महाप्रबन्धक सूर्यबहादुर तामाङलाई बैंकको निमित्त सीईओको जिम्मेवारी दिने निर्णय गरेको छ ।
खतिवडा ३ वर्षअघि खुला प्रतिस्पर्धाबाट सीईओ नियुक्त भएका थिए ।