×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

डेपुटी सीइओको यातनाले बेहोस भएर ढलेका बैंकर अस्पतालबाट डिस्चार्ज, कर्मचारी युनियन किन बोलेन ?

अर्थ सरोकार

प्रकाशित मिति : १० माघ २०८०, बुधबार

PRIME CA

डेपुटी सीइओको यातनाले बेहोस भएर ढलेका बैंकर अस्पतालबाट डिस्चार्ज, कर्मचारी युनियन किन बोलेन ?

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका डेपुटी सीइओ बिजेन्द्र सुवालले दिएको मानसिक यातनापछि बेहोस भएर ढली काठमाडौँको ह्याम्स अस्पतालमा उपचाररत बैंकर कपिल अधिकारी अस्पतालबाट डिस्चार्ज भएका छन् । अस्पतालको बेड ७१७ मा उपचार गराईरहेका उनको रिपोर्ट सामान्य देखिएपछि उनलाई अस्पतालबाट डिस्चार्ज गरिएको हो ।

उनी हाल अस्पताल नजिकै रहेको कोठामा आराम गरिरहेका छन् । बैंकको चरिकोट शाखाका प्रमुख रिकभरीका लागि फिल्डमै रहेका बेला बैंकका डेपुटी सीइओ सुवालले मानसिक यातना हुनेगरी गाली गरेपछि बेहोस भएर ढलेका थिए । त्यसपछि उनलाई बैंकले नै उपचारका लागि काठमाडौँ ल्याएको थियो ।

यति ठुलो घटना हुँदा पनि डेपुटी सीइओ बिजेन्द्र सुवाल भने उनलाई भेट्न नगएको पाइएको छ । बैंकको सूचना अधिकारीसमेत रहेका उनी अहिले पनि सेभ गरेकाबाहेक अन्य नम्बर उठाउँदैनन् । जसका कारण उनीसँग सुचना माग्नेहरु पनि प्रभावित बनेका छन् ।

सुवालको आउँदो फेब्रुअरी २२ बाट बैंकमा समयावधि सकिँदैछ । उनलाई बिदामा बस्न अनुरोध गर्नेगरी छलफल भएको भए पनि उनी बिदामा भने बसेका छैनन् ।

यता यस विषयमा बैंकको कर्मचारी युनियन भने अझै सार्वजनिक रुप्मा बोलेको छैन । युनियनका अध्यक्षले आइतबार नै विज्ञप्तिको तयारी गरेको बताएका थिए ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: