Skip to content
LAXMI SUNRISE BANK

एनएमबि बैंकद्वारा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५ लाख सहयोग

अर्थ सरोकार

काठमाडौं । एनएमबि बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई सामाजिक उत्तरदायीत्व अन्तर्गत २५ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त योगदानले अस्पतालमा बाल मैत्री वार्ड निर्माण गर्न मद्दत गरी बाल स्वास्थ्य सुधार गर्ने प्रयासमा सहायता पुर्याउने विश्वास गरिएको छ ।

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत सुनिल केसी र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. भगवान कोईरालाबीच सहमति आदनप्रदान गरिएको छ । यस सहकार्यले बैंक र अस्पतालको बाल सवास्थ्य सेवा सुधार्ने संयुक्त प्रयासलाई सशक्त रुपमा दर्साउँदछ ।

एनएमबि बैंकले समाजमा दिगो सकारात्मक परिवर्तनको पहल गर्दै सामाजिक उत्तरदायीत्व अन्तर्गत विभिन्न कार्यहरु आयोजना गर्दै आईरहेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १७१ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आईरहेको छ ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK