×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएमबि बैंकको २८औं साधारणसभा सम्पन्न

PRIME CA

एनएमबि बैंकको २८औं साधारणसभा सम्पन्न

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । एनएमबि बैंकको २८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पौष २६ गते बिहिबार, राष्ट्रिय सभागृह, प्रदर्शनीमार्ग, काठमाडौंमा सम्पन्न भएको हो ।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा उक्त साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभामा बैंकका सेयरधनीहरुले आ-आफ्नो विचार समेत व्यक्त गरेका थिए ।

उक्त सभामा पूर्व घोषित कार्यक्रम वमोजिम संस्थापक सेयरधनीहरुको तर्फबाट मनोज कुमार गोयल र जीवन कुमार कट्वाल निर्वाचित भएका छन् । यसैगरी, सर्वसाधारण सेयरधनीहरुको समुहबाट उत्तम भ्लोन, शिरिष कुमार मुरारका र हरिश्चन्द्र सुवेदी निर्वाचित भएका छन् ।

त्यस्तै, एफएमओको तर्फबाट निको पिलको सट्टामा शर्मिला हार्दि प्रकाशलाई मनोनित गरी पठाएको व्यहोरा समेत सभामा जानकारी गराईएको थियो । साथै, निर्वाचित सञ्चालकहरु समेतको सोही मितिमा बसेको बैठकले मनोज कुमार गोयललाई अध्यक्षमा चयन गरेको छ ।

बैंकको २०८० आषाढ सम्ममा खुद नाफा रु.३ अर्ब २२ करोड, निक्षेप रु.२१३.०४ अर्ब र कर्जा रु.१९७.४७ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १७१ एटिएम र १२ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: