×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले पुनः २० अर्ब तान्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले पुनः २० अर्ब तान्दै

Artha Sarokar

१६ माघ २०८०, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंकिङ प्रणालीबाट थप २० अर्ब रुपैयाँ तान्न लागेको छ । बैंक तथा वित्तीय प्रणालीमा तरलता अत्याधिक भएको भन्दै राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि निक्षेप संकलन उपरकणमार्फत थप २० अर्ब रुपैयाँ तान्न लागेको हो ।

अन्तर बैंक दर तीन प्रशितभन्दा तल झरेपछि बैंकिङ प्रणालीबाट पैसा तान्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा तान्नका लागि मंगलबार (आज) दिउँसो ३ बजे बोलकबोल गर्नेछ । राष्ट्र बैंकका अनुसार घटीमा १० करोड र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बैंक तथा वित्तीय संस्थाहरुले बोलकबोल गर्न सक्नेछन् । निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’, र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरु मात्रै सहभागी हुन पाउनेछन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी