Skip to content
LAXMI SUNRISE BANK

घुससहित पक्राउ परेका वडाध्यक्ष बादे पदबाट निलम्बन

अर्थ सरोकार

काठमाडौँ । घुस रकमसहित पक्राउ परेका काभ्रेको बनेपा नगरपालिका–१ का वडा अध्यक्ष नृपेश बादे निलम्बनमा परेका छन् । भक्तपुरको गठ्ठाघरबाट १५ लाख रुपैयाँ घुसहित पक्राउ परेका बादेलाई आइतबार बसेको नगर कार्यपालिकाको बैठकले निलम्बन गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष बादेलाई माघ ३ गते राति ८ बजे भक्तपुर मध्यपुर ठिगी नगरपालिका–३ बाट नियन्त्रणमा लिएको थियो ।

अध्यक्ष बादेको साथबाट अख्तियारले घारबाटो सिफारिस गर्ने भन्दै लिएको १५ लाख घुस, स्रोत नखुलेको १० हजार जापानीज ऐन र एक सय अमेरिकी डलर बरामद गरेको थियो । घुससहित पक्राउ परेपछि बादेलाई अध्यक्ष पदबाट निलम्बन गरिएको छ । उनी नेपाली कांग्रेसबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK