काठमाडौँ । जिल्ला अदालत काठमाडौँ परिसरबाट हतकडीसहित भागेका ठगी मुद्दाका थुनुवा पक्राउ परेका छन् । बुधबार अदालतबाटै भागेका विमल खड्कालाई प्रहरीले बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरेको हो ।
डलर देखाएर ठगी गरेको आरोपमा प्रहरी वृत्त स्वयम्भूले खड्कालाई पक्राउ गरेको थियो । सो मुद्दामा कारागार चलान भएका खड्कालाई बुधबार प्रहरीले अर्को मुद्दाको म्याद थपका लागि अदालत लगेको थियो । सोही बेला खड्का प्रहरीको रहोबरबाट हतकडीसहित फरार भएका थिए ।
त्यसपछि फरार भएका खड्काको खोजीकार्य गर्दैजाँदा उनलाई बिहीबार बिहान दुवाकोटबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका एक अधिकृतले पुष्टि गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्