काठमाडौँ । सुनसरीको एक गाउँबाट स्रोत नखुलेको लाखौं रकमसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको टोलीले स्रोत नखुलेको २१ लाख ५७ हजार रुपैयाँसहित भोक्राहानरसिंह गाउँपालिका–६ बाट २७ वर्षीय वीरेन्द्रकुमार राउतलाई पक्राउ गरेको हो । उनी सुनसरीकै कोशी गाउँपालिका–३ निवासी भएको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट लौकहीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रवक्ता एसएसपी रविनराज कर्णजीतका अनुसार उनले बोकेको रकमको स्रोत नखुलेको पाइएको छ ।
मोटरमाइकलमा सवार राउतलाई शंका लागेर जाँच गर्दा उक्त रकम फेला परेको थियो । सोधखोज गर्दा उनले रकमको स्रोत खुलाउन नसकेपछि उनलाई पक्राउ प्रहरीले जनाएको छ । रकमसहित राउतलाई अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको छ । मोरङ र सुनसरीका विभिन्न स्थानबाट स्रोत नखुलेको ठूलो परिमाण रकमसहित केही सातायता पक्राउ पर्ने क्रम बढेको छ ।
त्यस्तो रकम हुण्डी कारोबारमा संलग्न हुनेहरुले ओसारपसार गर्न लगाएको पाइएको छ । हुण्डी कारोबारीहरुले यसअघि विराटनगरमा एकजना बालकलाई समेत रकम ओसारपसारमा प्रयोग गरेको भेटिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्