×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रसिया पठाईदिने भन्दै ७ लाख ३० हजार ठग्ने सरोज थापा पक्राउ

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

रसिया पठाईदिने भन्दै ७ लाख ३० हजार ठग्ने सरोज थापा पक्राउ

Artha Sarokar

४ माघ २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रसिया पठाईदिन्छु भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । कैलाली लम्कीचुहा नगरपालिका वडा नं. ६ घर भई हाल काठमाडौं जिल्ला किर्तिपुर नगरपालिका वडा नं. १० बस्ने सरोज थापा पक्राउ परेका हुन् ।

उनले मोहन साउदलाई वैदेशिक रोजगारीको लागि रसिया पठाईदिने भन्दै ७ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले पाँगा दोबाटोबाट पक्राउ गरेको हो ।

पक्राउ परेका थापालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी