×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

७०० जनाको उपचार गरिसकेपछि नक्कली डाक्टर पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

७०० जनाको उपचार गरिसकेपछि नक्कली डाक्टर पक्राउ

Artha Sarokar

८ माघ २०८०, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । करिब ७ सयजना बिरामीको उपचार गरिसकेका नक्कली डाक्टर पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै विराटनगर–२ घर भई काठमाडौँ बाँसबारी बस्दै आएका ४० वर्षीय सम्बुद्ध भट्टचार्यलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

पक्राउ परेका सम्बुद्ध भट्टचार्यले चीनबाट एमबीबीएस गरेको र टिचिङ अस्पतालमा काम गर्ने भन्दै नक्कली कागजात बोकेर उपचार गर्दै आएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले नेपाल मेडिकल काउन्सिलको नक्कली प्रमाणपत्र बनाएर डा.एस भट्टचार्यको नामबाट ठगिरहेको पाइएको छ । भट्टचार्यले विगत नौ महिनादेखि नक्सालस्थित वी केयर पोलिक्लिनिकमा ६३० जना बिरामीको जाँच तथा उपचार गरिसकेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले जानकारी दिएका छन् ।

एसपी रेग्मीका अनुसार पक्राउ परेका भट्टचार्यले धौलागिरी हिमाल पोलिक्लिनिकमा ३० जना बिरामीको चेकजाँच गरेको पनि खुलेको छ ।

प्रहरीका अनुसार उनले विदेश जाने कामदारका लागि समेत नक्कली मेडिकल रिपोर्ट बनाउने गरेका थिए । प्रहरीले उनीमाथि इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी