×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पञ्चकन्या माई हाइड्रोपावरको साधारणसभा सम्पन्न

PRIME CA

पञ्चकन्या माई हाइड्रोपावरको साधारणसभा सम्पन्न

२६ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको सातौं र आठौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा अध्यक्ष प्रेम बहादुर श्रेष्ठको अध्यक्षतामा पौष २४ गते कोपुण्डोल, ललितपुरमा सम्पन्न भएको हो ।

उक्त सभामा संस्थापक सेयर सदस्य, सर्वसाधारण सेयर सदस्य, कम्पनीका कर्मचारी, पत्रकारहरु तथा शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त सभाबाट सर्वसाधारण शेयरधनी (समुह ख) को तर्फबाट प्रतिनिधित्व गर्ने १ जना संचालक र स्वतन्त्र संचालक १ जनाको निर्वाचन तथा मनोनयन कार्यक्रम रहेकोमा सर्वसाधारण सेयरधनीको तर्फबाट सनिल पक्का र स्वतन्त्र संचालकमा बरदान गिरी निर्वाचित तथा मनोनय गरी नयाँ कार्य समितिको गठन गरिएको छ ।

साथै कार्यक्रममा कम्पनीको आय व्यय विवरण, नाफा नोक्सानको वासलात, वार्षिक प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरिएको थियो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: