×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पठाओ नेपालको पठाओ सुपरफेस्ट-२०२३ सम्पन्न

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

पठाओ नेपालको पठाओ सुपरफेस्ट-२०२३ सम्पन्न

Artha Sarokar

२७ पुष २०८०, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमडौं । पठाओ नेपालको पठाओ सुपरफेस्ट-२०२३ सम्पन्न भएको छ । २१ दिनको सुपरफेस्ट अवधिमा करिब साढे २ लाखभन्दा बढी अर्डर डेलिभरी गरिएको पठाओका प्रवक्ता शशांक शमशेर थापाले जानकारी दिए ।

सामान्य दिनमा पठाओ हिरोहरूले औसत दैनिक ९०० रुपैयाँ कमाउँदै आएकोमा सुपरफेस्ट अवधिमा दैनिक १ हजार ४ सय रुपैयाँ पुगेको थापाले बताए । ‘अफर यस्तो बबाल, ब्रह्माण्ड नै लोभिन्छ’ भन्ने नारा सहित पुस ५ देखि सुपरफेस्ट सुरू गरिएको थियो ।

सुपरफेस्टमा सम्राट प्रसाद शाह भाग्यशाली विजेता बनेका छन् । सुपरफेस्ट अवधिमा पठाओको सेवा उपभोग गर्नेहरू मध्येबाट लक्की ड्र मार्फत भाग्यशाली बिजेता बनेका शाहलाई बम्पर उपहारमा ५५ इन्चको ४के एमआई स्मार्ट एनड्रोइड टिभी दिइएको थापाले जानकारी दिए ।

पठाओले सुपरफेस्टको नारा बमोजिम केही दिनदेखि एलियन भेषमा पठाओको लोगो अंकित कपडा र झोलासहित काठमाडौं उपत्यकाका विभिन्न ठाउँहरूमा केही व्यक्तिहरूलाई उभ्याएको थियो । कम्पनीले यसलाई गुरिल्ला मार्केटिङ भनेको छ । जुन नेपालमै पहिलो पटक गरिएको कम्पनीले जनाएको छ ।

एलियनहरू पठाओको सुपरफेस्ट देखेर ब्रह्माण्डबाटै फुड खान आएको थिममा कम्पनीले यस्तो प्रचार गरेको थियो ।

सुपरफेस्टमा पठाओ फुडमा मात्र अफरहरू नभएर राइडहरूमा पनि टन्नै रमाइला अफरहरू दिइएको थियो । कम्पनीले बाइक तथा कार राइड र पठाओ फुडमा ८० प्रतिशतसम्म छुट दिएको थियो ।

यस फेस्टमा १ प्लेटमा २० वटा म:म, फ्राइज् किन्दा बर्गर फ्री, झोल किन्दा म:म फ्री, एक रुपैयाँमै पिज्जा र बर्गर र बिर्यानी लगायत अफरहरू राखिएको थियो ।

थापाका अनुसार, अफरहरू हरेक दिन बिहान ९ बजेदेखि राति ९ बजेसम्म फ्ल्याश सेल्स तथा रेष्टुराँ अर्डरहरूमा ८० प्रतिशतसम्मको छुटजस्ता लोभलाग्दा अफर र पठाओ फुडमा नि:शुल्क डेलिभरीको सुविधा समेत दिइएको थियो ।

साथै ग्राहकहरूलाई हरेक अर्डरमा स्योरशट प्राइजको स्क्र्याच कार्ड दिइएको थियो । कम्पनीका अनुसार, सुपरफेस्टमा वेस्ट पठाओ हिरोहरूले साइकल, मोबाइल फोन, ज्याकेट, इन्स्योरेन्स पोलिसी लगायतका उपहार जितेका छन् ।

सुपरफेस्टमा ५० जनाभन्दा बढीले ६ महिनाको इन्टरनेट सब्स्क्रिप्सन, एमआई एयरबड्स, एमआई फोन, डोल्पो ज्याकेट लगायत जितेका छन् । यस्तै १० जना पठाओ हिरोलाई स्मार्ट फोन, ज्याकेट समेत जितेको थापाले जानकारी दिए ।

सुपरफेस्ट अवधिमा रेष्टुरेन्टहरूमा ग्राहकको भन्दा पठाओ हिरोहरूको भिड देखिएको थियो । कम्पनीले यसअघि पनि विभिन्न फेस्टहरू सम्पन्न गरेको थियो । ती फेस्टहरू भन्दा सुपरफेस्टमा ग्राहकहरूको बढी आकर्षण देखिएको थापाले बताए ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी