काठमाडौँ । बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको दाबी गरेका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत गोल्यानले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको दाबी गरेका हुन् ।
उनले पछिल्ला दिन आफूलाई विभिन्न राजनीतिक दलसँग जोडिँदै आएकोमा हालको दिनसम्म आफ्नो कुनै पनि दलसँग संलग्नता नभएको र भविष्यमा पनि नहुने बताएका छन् ।
‘विगतको केहि समय देखि मेरो नाम कुनै न कुनै राजनीतिक दल संग जोडिदै आएको छ । मेरो हालको दिन सम्म कुनै पनि राजनैतिक दल संग संलग्नता छैन न त भविष्यमा हुने योजना नै छ । कृषि व्यवसायी तथा उद्योगीको रूपमा मेरो अनुभवबाट नयाँ उद्यमीहरुले सिक्न सक्ने धेरै ठाउँहरु हुन्छ ।’, गोल्यानले लेखेका छन्, ‘यहि उद्देश्यले म मेरो दखल भएको विषय संग सम्बन्धित कार्यक्रममा उपस्थित हुने गर्दछु । असल नियतको साथमा दिएको अभिव्यतिबाट ध्यान भड्काउने नियतबाट फैलिएको नकारात्मक खबर तिर ध्यान नदिई आफ्नो उर्जा सकारात्मक कार्यमा लगाउन बिनम्र आग्रह गर्दछु ।’
गोल्यान यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा छन् भन्ने चर्चा थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्