काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका पेट्रोल पम्पहरुलाई अनिवार्य रुपमा शौचालय सञ्चालन गर्न निर्देशन दिएको छ । महानगरले आगामी ४५ दिनभित्र पेट्रोल पम्पहरुमा शौचालय सञ्चालन गर्न निर्देशन दिएको हो ।
काठमाडौँ महानगरपालिकामा नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका प्रहरी तथा महानगर प्रहरी बलका अधिकारीहरुबीच भएको बैठकले महानगर क्षेत्रभित्र रहेका सबै पेट्रोल पम्पमा शौचालय सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो । सोही निर्णय लगत्तै महानगरले मातहतका सबै पेट्रोल पम्पहरुलाई शौचालय सञ्चालनका लागि निर्देशन दिएको छ ।
त्यस्तै, उक्त बैठकले पेट्रोल पम्पहरुको अध्ययनका लागि ७ सदस्यीय समितिसमेत गठन गरेको छ । उक्त समितिको नेतृत्व महानगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले गरेका छन् ।
जोशी नेतृत्वको अध्ययन समितिले आगामी ४५ दिनभित्र महानगरभित्र रहेका पेट्रोल पम्पहरुले तत्काल सुधार गर्नुपर्ने काम र निश्चित अवधिमा सुधार गर्नुपर्ने कामको अध्ययन गरी प्रतिवेदन पेश गर्नेछन् । निर्देशनअनुसार आवश्यक सुधार नगरेको पाइए कारवाही गर्ने महानगरले चेतावनी दिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्