काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासमा प्रभु बैंक लिमिटेडको नाफा घटेको छ । बैंकले प्रकाशित गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार समीक्षा अवधिमा बैंकको खुद नाफा ३९.९७ प्रतिशतले घटेको हो । यस अवधिमा बैंकले ७२ करोड ३ लाख ४१ हजार रुपैयाँ कमाएको छ ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकको खराब कर्जा बढेसँगै इम्पेयरमेन्ट चार्ज बढ्दा खुद नाफामा दबाब परेको हो । समीक्षा अवधिमा बैंकको खराब कर्जा २.९२ प्रतिशतले बढेर ४.९० प्रतिशत पुगेको छ । खराब कर्जा बढेसँगै बैंकको इम्पेयरमेन्ट चार्ज ४२ करोड ६७ लाख ४९ हजार रुपैयाँबाट बढेर १ अर्ब २५ करोड ७७ लाख ६७ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ४०.५८ प्रतिशतले बढेर ४ अर्ब ७६ करोड ६८ लाख १२ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चालन मुनाफा ५.७७ प्रतिशतले बढेर १ अर्ब ७२ करोड ८५ लाख १७ हजार रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ६ रुपैयाँ १२ पैसा रहेको छ । यस अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ २ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्