×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

प्रभु क्यापिटलका हितग्राही ग्राहकलाई सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीमा विशेष छुट

Artha Sarokar

१९ पुष २०८०, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीसँग आफ्ना हितग्राहीलाई सेवामा छुट दिन व्यवसायिक समझौता गरेको छ । पौष १८ गते बुधबार गरिएको उक्त समझौता २ वर्षका लागि लागू हुनेछ ।

सो सम्झौतापत्रमा क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले तथा सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीको तर्फबाट कर्पोरेट सेल्स एण्ड मार्केटिङ म्यानेजर नृपेश श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

सम्झौता बमोजिम सिद्धार्थ बिजनेश ग्रुप अनतर्गतको होटेल, रेर्सोट, रेष्टुरेन्ट तथा कैफे आदिमा सेवा लिदा प्रभु क्यापिटलका हितग्राही ग्राहकहरुले खाना तथा पेर्य पदार्थमा १० प्रतिशत तथा रुम बुकिङ्गमा २०% छुट अफर पाउने भएका छन् । प्रभु क्यापिटलका ग्राहकले आफ्नो डिम्याट कन्फरमेशन तथा परिचय पत्र देखाई छुट पाउन सक्नेछन्  ।

कम्पनीले हितग्राही (डिम्याट) खाता खोल्ने सुविधा प्रभु क्यापिटल, कमलादी तथा प्रभु बैंकको जुनसुकै शाखाहरुबाट पनि उपलब्ध रहेको बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी